अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाको कारण नेपालको अर्थतन्त्रमा गम्भीर संकट पर्ने संकेत देखा परेको बताएका छन् ।
अर्थमन्त्री डा खतिवडाले विहीवार अपराह्न ४ बजे प्रतिनिधी सभाको दुबै सदमा आर्थिक बर्ष २०७७÷०७८ को आय ब्याय प्रस्तुत गर्दे उक्त कुरा बताएका हुन् । उनले विश्व अर्थतन्त्रसँगको अन्तरआवद्धताले नेपालको आर्थिक वृद्धिलाई पनि कमजोर बनाएको बताएका हुन् । खतिवडाले उच्च आर्थिक वृद्धिको गतिलाई कोरोनाले धक्का र्पुयाएको बताए ।


