काठमाडौं । सरकारले बजेट मार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु ११ अर्ब ६० करोड बजेट छट्टाइको छ । सरकराले आर्थिक वर्ष २०७७/७८ का लागि २ लाखलाई रोजगारी दिइने उदेश्य सहित उक्त रकम विनियोजन गरेको हो । बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै रोजगारी सिर्जना गर्नका लागि उक्त रकम बिनियोजन गरिएको बताए । उनका अुनसार यस कार्यक्रममार्फत् २ लाख मानिसले रोजगारी पाउनेछन् । यो रकम गत आवको तुलनामा दोब्बरभन्दा बढी हो ।


