काठमाण्डौ ।
सरकारले सहुलियत कर्जा प्रवाहलाई विशेष प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ । सरकारले सहुलियत कर्जा प्रवाहमा बंैकहरुको शाखालाई समेत कडाई गरेको छ । बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
बजेटमा अव वाणिज्य बैंकका प्रत्येक शाखाबाट कम्तीमा १० जनाले सहुलियत कर्जा दिनुपर्ने छ । विकास बैंकले पनि कम्तीमा ५ जनालाई सहुलियत कर्जा दिनुपर्नेछ ।


