काठमाडौं । विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमण र त्यसबाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउनको लागि सरकारले सरकारले कोरोना प्रभावित व्यवसायलाई ५ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दै कोरोना प्रभावित व्यवसायलाई ५ प्रतिशत ब्याजदरमै ऋणको ब्यवस्था मिलाएको बजेटमा स्पष्ट पारेका छन ।
उनले व्यवसायीहरुलाई राष्ट्र बैंकले १ खर्ब रुपैयाँको पुनकर्जामार्फत् सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको बताएका छन् । उद्योगी व्यवसायीहरुले ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने माग गर्दै आएकामा प्रभावितलाई उत्त ब्याजमा ऋण दिने नीति सार्वजनिक गरेका हुन् ।


