Banijya News

वैदेशिक रोजगारीबाट फर्केका युवाले कृषि कर्म गरेमा विशेष सहुलियत पूर्ण ऋण दिइने

1
1.0K Shares

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक रोजगारीबाट फर्केका युवाले कृषिमा लाग्न चाहेमा विशेष सहुलियत पूर्ण ऋण दिने बजेट मार्फत बताएका छन् । आगामी आवको बजेटमा भूमि बैंकलाई कार्यान्वयनमा ल्याउँदै आगामी आवमा ३०० स्थानीय तहमा भूमि बैंक कार्यान्वयनमा ल्याउने छ ।

व्यक्ति तथा संस्थाले लिजमा लिन चाहेमा प्राथमिकताका साथ दिने र बाझो जमिनलाई, नदिले कटान गरेमा कटान गरेको माथिल्लो भागलाई उपभोगमा ल्याउने वतावरण बनााईने छ । यसको लागि प्रोत्साहत स्वरुप बीउमा सहुलियत रुपमा दिइने बजेटमा खतिवडाले उल्लेख गरेका छन् ।

सरकारले सबै विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृत अनिवार्य गर्ने घोषणा गरेको छ ।सरकारकाे याे घाेषणा कार्यान्वयन भएमा नेपालमा निर्वाध रूपमा काम गरिरहेका लाखौं भारतीय नागरिक प्रभावित हुनेछन् । भारतले नेपालबाट वार्षिक औसतमा ४ खर्बभन्दा बढी रेमिट्यान्स लैजाने गरेको छ ।

1

Scroll to Top