Banijya News

कहिले आँखा जुधाउन नआउने गरी विदा भए गीतकार रत्नशमशेर थापा

1
1.0K Shares

घुम्तीमा नआऊ है, आँखा तिमी जुधाउन…यसरी नै आखा जुधाउने गित लेख्ने गीतकार अन कहिले पनि हाम्रा सामु आँखा नजुधाउने गरी विदा भएका छन् ।
ए कान्छा ठट्टैमा, पन्छीमा राम्रो डाँफे, जाग लम्क चम्क हे, स्वर्गकी रानी मायाकी खानी, जाग लम्क चम्क हे नै जवान हो, गोरेटो त्यो गाउँको लगायत कालजयी र राष्ट्रभक्ति गीत लेखेका गीतकार रत्नशमशेर थापा हाम्रा सामुबाट सधैका लागि नआउँने गरी विदा भएका छन् । शब्दमा स्वर सम्राट नारायण गोपाल गुरवाचार्य, प्रेमध्वज प्रधान, योगेश वैद्य लगायत दर्जनै गायकलाई गीत लेखेर दिने वरिष्ठ गीतकार रत्न शमशेर थापाको निधन भएको छ । ८३ वर्षीय उनको बिहीवार दिउँसो १ बजे निधन भएको हो । लामो समयदेखि ढाडको समस्याबाट उनी पीडित उनको नर्भिक अस्पतालमा उपचारको क्रममा कहिले नआउने गरी गएका हुन् ।

कोरोना भाइरस परीक्षणका लागि उनको स्वाब परीक्षणका लागि पठाइएको लेखक तथा निर्देशक प्रकाश सायमीले पुष्टि गरे । उनका अनुसार कोरोना भाइरस संक्रमण भए÷नभएको यकिन भएपछि मात्र अन्तिम संस्कार हुनेछ ।
उनको जन्म सन् १९३९ मा भएको हो। उनका कविता संग्रहहरु ’चक्ला भरीको घाम’, ’ताराका काँचा रङ्ग’ र गीति संग्रह ’ओभानो सिउँदो’ र ’रुझेका परेला’ सार्वजनिक छन् । थापा देवकोटा साहित्य पुरस्कार, युग कवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, साधना सम्मान, हिट्स एफएम लाइफ टाइम अचिभमेन्ट अवार्ड, छिन्दलता पुरस्कार लगायत विभिन्न पुरस्कारबाट सम्मानित भएका छन् ।

1

Scroll to Top