कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६२ हजार ३६८ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नया आँकडा अनुसार विश्वभर संक्रमितको संख्या ५९ लाख २० हजार २५८ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमित भएर जित्दै घर फर्कनेको संख्या २५ लाख ९२ हजार २४ पुगेको छ । हाल विश्वभरीमा २९ लाख ६५ हजार ८४२ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् । कोरोना भाइरस संक्रमित ५३ हजार ९७१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित भएको डब्लुएचआको भनाई छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १७ लाख ६८ हजार ४६१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ३ हजार ३३० व्यक्तिको मृत्यु भएको छ ।


