Banijya News

भीजी फाउन्डेसनद्धारा स्वास्थ्य मन्त्रालयलाई अत्यावश्यक मेडिकल सामग्रीहरु हस्तान्तरण

1
1.0K Shares

विशाल गु्रपको सामाजिक उत्तरदायित्व विभाग भीजी फाउन्डेसनले स्वास्थ्य मन्त्रालयलाई अत्यावश्यक मेडिकल सामग्रीहरु हस्तान्तरण गरेको छ । नेपालमा कोभिड १९ को संक्रमण फैलिरहेको बेला, यो रोगविरुद्ध नेपाल सरकारको अभियानलाई सहयोग पुर्याउने उद्देश्यले भीजी फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादवप्रसाद कोइराला र अन्य उच्च अधिकारीहरुको उपस्थितिमा उक्त स्वस्थ्य समाग्री हस्तान्तरण गरेको हो । पाँच सय थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), दुई सय थान इन्फ्रारेड थमोमिटर र आठ हजार नौ सय ५० थान एन ९५ मास्क हस्तान्तरण गरेको हो ।

1

Scroll to Top