प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने निस्कर्ष निकालेको छ । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले बजेट प्रचारमुखि मात्रै भएको र यस्ले कारोनाबाट ग्रस्त जन जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको हो ।
बजेटले कोरानाका कारण प्रभावित हुने क्षेत्रहरूको विषयमा संवेदनशिलता नदेखाएको भनेको छ । साथै बजेट आफैमा कार्यान्वयन गर्न सक्ने रहेको काग्रेसको ठहर छ । पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस नेता रामशरण महतले नयाँ बजेट प्रचारमुखी मात्रै गरेको बताए । भाषण मिठो भएपनि कार्यान्वयन क्षमता बजेटले नराख्ने उनको तर्क छ ।
महले भने, ‘सरकारकाले बजेट प्रचारमुखि मात्रै देखिन्छ । यसले जनताको समस्यालाई केन्द्रमा राख्न सकेको छैन् । ’
उनले आम्दानी आठन्नी खर्च रुपैयाँ भन्ने उखान जस्तै बजेट भएको उदाहरण सुनाए उनले यस बजेटले मुलुकलाई डुबाउँछ, जनतालाई डुबाउँछ, उत्पादन, उद्योगधन्दा डुबाउँछ । यतापट्टी सरकारको सजकता देखिँदैन । कोरोनाको रोकथाम नियन्त्रणमा पनि सरकारले पर्याप्त रकम विनियोजन गरेन् । ६ अर्ब १ लाख मान्छेको पीसीआर परीक्षण गर्न मै सकिन्छ ।
नेता दिलेन्द्रप्रसाद बडूले बजेटमा अहिलेको प्राथमिकताहरू समेटिन नसकेको बताए । अहिले नागरिकको जीवनरक्षा प्रमुख कुरा भएपनि सरकार त्यसमा गम्भीर नदेखिएको उनले बताए ।
अर्का नेता डा. मीनेन्द्र रिजालले कोरोना कहर जारी रहेका बेला सरकारले चालू खर्च ३५ प्रतिशत गर्न राखेको लक्ष्य पूरा भएपनि राजस्व वृद्धि, वैदेशिक ऋण तथा अनुदान आउन नसक्ने बताए ।


