छिमेकी मुलुक भारतमा एकै दिन ८ हजार ५ सय भन्दा धेरै जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ । वल्र्डओमिटरले भारतमा लगातार मात्रमा कोरोना संक्रमणको मात्र बृद्धि भएको छ । सक्रमितको संख्या लगातार बढ्दै गर्दा भारत सबैभन्दा धेरै सङ्क्रमित हुने देशको ९ औँ स्थानमा उक्लिएको छ ।
भारतमा बर्तमान समय सम्म १ लाख ७३ हजार भन्दा धेरै सक्र्रमण पुष्टि भएको हो । त्यहाँ ८२ हजार ६ सय २७ जना उपचार पछि निको भएका छन् । अहिलेसम्म भारता कारोना संक्रमणका कारण झण्डै ५ हजार जनाको ज्यान गएको सरकराले पुष्टी गरिसकेको छ । भारतमा कोरोना संक्रमणको मात्र बृद्धि हुदै जाँदा नेपालमा पनि खुल्ला सिमानाका कारण जोखिम बढेर गएको हो ।


