Banijya News

एनआइसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ

1
1.0K Shares

भक्तपुरको ठिमी वाहखा बजारमा एनआइसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको कदमवास घर बताउने सचिन तामाङलाई प्रहरीले एटिएम फुटाउँदै गर्दा पक्राउ गरेको हो ।
मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का संजिव चित्रकारको घरमा एटीएम मेसिन फुटाउँदै गर्दा उनी पक्राउ परेका हुन् । उनले एटिएम काउण्टरलाई बिशेष निगरानी गरेको पाइएपछि उनको गतिविधिलाई सिसिटिभीको माध्यमद्धारा निगारानीमा राखिएको थियो ।
उनले एटीएम मेसिनको बाहिरी कभर मात्रै फुटाएको र रकम लुट्न नपाउँदै प्रहरीले पक्राउ गरिएको प्रहरी नायव उपरिक्ष दीपक गिरीले जानकारी दिएका छन् ।

1

Scroll to Top