नेपालमा आज एकै दिन थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ ।
कपिलवस्तुमा धेरै सङख्यामा संक्रमित थपिएका छन्। एकै दिन ७७ जनाका कपिवस्तुमा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै बारा, सप्तरी, झापा, ललितपुर लगायत जिल्लामा संक्रमित थपिएका छन् । एक जना ललितपुरमा पनि संक्रमित भेटिएका छन् । यससँगै नेपालमा संक्रमण ५३ जिल्लामा फैलिएको मन्त्रालयले जानकारी गराएको छ। हिजोसम्म नेपालमा कूल १२ सय १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।
शनिबार थप १३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । काठमाडौं सहित देशका विभिन्न स्थानका अस्तपालमा रहेका उनीहरू निको भएर घर फर्किएका हुन्। हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय १९ जना उपचारपछि निको भएर घर फर्किएका छन्। अहिलेसम्म ६ जनाको मृत्यु भएको छ ।


