Banijya News

नेपाली कांग्रेस संविद्यान संशोधनको पक्षमाः संसदहरुलाई पक्षमा मतदान गर्न निर्देशन

1
1.0K Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदहरुलाई निर्देशन दिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्दीय समिति बैठकले संशोधनका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको पाटी प्रवक्त विश्व प्रकाश शर्माले बताए ।
सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संशोधन प्रस्ताव दर्ता गरेको छ ।
संशोधनका पक्षमा कांग्रेस नेतृत्वले सहमति गरे पनि बुधबार संसदमा पेस गर्ने भनेको संशोधन प्रस्ताव कांग्रेसले समय मागेकै कारण रोकिएको थियो । अव भने संविद्यान संशोधनको पक्षमा बाटो खुलेको छ ।

1

Scroll to Top