Banijya News

कोरोना संक्रमणबाट दैलेखको क्वारेन्टाइनमा बसेका एक जना युवकको मृत्यु

1
1.0K Shares

१७ जेठ, सुर्खेत ।
कोरोना भाइरस (कोभिड–१९) कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । दैलेख जिल्लाको दुल्लु नगरपालिका–११ का क्वारेन्टाइनमा वसेका ३५ वर्षिया युवक दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएको हो । युवकको रिपोर्ट पोजेटिभ आएपछि उनको कोरोना संक्रमणका कारण मृत्य भएको पुष्टी भएको हो ।
तीनदिन अगाडि स्वाब परीक्षणका लागि पठाइएका उनी ७९ जना साथीसहित १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए ।
जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा युवकमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना पोजेटिभ भएको जानकारी दिएको छ’ उनले भने,‘कोरोना परीक्षणका लागि स्वाव १५ गते नै लगिएको थियो ।

३५ वर्षीय ती युवकको कोरोना पुष्टि भएको नगर प्रमुख घनश्याम भण्डारीले बताए । ‘जेठ १५ गते उनको स्वाव परीक्षणका जुम्ला पठाएका थियौं ।’ उनले भने,‘परीक्षणमा उनको कोरोना संक्रमण भेटिएको छ ।’ ती युवाको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

1

Scroll to Top