Banijya News

भारतमा जुन ३० सम्म लकडाउन थपियो, सामाजिक गतिविधिमा भने विशेष छुट

1
1.0K Shares

कोरोना भाइरस नियन्त्रणका लागि भारतमा पाँचौ चरणको लकडाउन जारी गरिएको छ । भारतीय संचारमाध्यमका अनुसार सरकारले पाँचौ पटक लकडाउन थपेको हो । सरकारले लकडाउनलाई थपेपनि खुकुलो बनाउने भएको छ । सामाजिक गतिविधिमा छुट दिने निर्णय गरेको छ ।


सरकारले धार्मिकस्थल, होटल, सलुन, रेष्टुरेन्ट खोल्ने अनुमति समेत दिएको छ । यस्तै, सपिङ मलहरु पनि सशर्त खोल्न दिने निर्णय गरको छ । त्यस्तै भारतको केन्द्र सरकारले स्कूल तथा कलेज खोल्ने वा बन्द गर्ने भन्ने विषयमा निर्णय लिने अधिकार राज्य सरकारलाई नै दिएको छ ।


हाल भारतमा चौथो चरणको लकडाउन जारी छ । यसको अवधि भोलि अर्थात मे ३१ सम्म छ । पाँचौ चरणको लकडाउन अब ३० जूनसम्म जारी रहने आजतकले जनाएको छ ।

1

Scroll to Top