गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आइतवार स्याङ्जाका २ तथा तनहुँका १ जनामा संक्रमण पुष्टि भएको हो ।
स्याङ्जाको गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका २ जना तथा तनहुँको ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २८ वर्षका १ जना पुरुषमा आइतबार कोरोना संक्रमण देखिएको हो ।
त्यसैगरी, तनहुँमा पहिलोपटक एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ऋषिङ गाउँपालिकाका २८ वर्षका पुरुषमा कोरोना देखिएको हो ।
क्वारेन्टाइनमा रहेका ती पुरुषको पश्मिाञ्चल क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । जसमध्ये ३ जना निको भएर घर फर्किसकेका छन् । गण्डकी प्रदेशका बाग्लुङका ८ जना, स्याङ्जाका ७ जना, नवलपुरका ६ जना, म्याग्दी, तनहुँ र लमजुङका एकरएक जनामा संक्रमण देखिएको हो ।


