वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान साढे ११ बजे ललितपुर बागडोलस्थित निवासमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिए ।
उनको आजै पशुपती स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने खड्काले बताए ।
सुगर, प्रेसर रोगबाट समेत पिडित ठकुरी प्यारालाइसिसका कारण लामो समयदेखि घरमा थलिएका थिए ।
फिल्म ‘जीवन रेखा’ बाट अभिनय सुरुवात गरेका कलाकार ठकुरीले ‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका छन् । उनी पछिल्लो पटक फिल्म ‘भागी भागी नजाऊ’ मा नदेखिएका थिए । उनले भारतीय फिल्म ‘पञ्चओटी’ तथा पाकिस्तानी एक फिल्ममा समेत अभिनय गरेका थिए । उनको आजै पशुपति आर्यघाटमा दाहसस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।


