आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार थप १६६ जनामा कोरोना पुष्टि भएको बताएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १५ सय ६७ जना पुगेका छन् ।
उनकाअनुसार तनहुँमा १, स्याङ्जामा २, पर्सा ५, कालिकोटमा १८, दैलेख १९, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तु ५, बाँके ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९ र सर्लाहीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये उपचारपछि निको भएर दुई सय २० जना घर फर्किएका छन् भने आठ जनाले ज्यान गुमाएका छन् ।


