बाँकेको राप्तीसोनारी–२ स्थित पूर्वपश्चिम राजमार्गको मुगुवा खोला नजिक गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । ११ जनाको घटना स्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक ११ पुरुष र एक महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परी अन्य २१ जना पनि घाइते भएका छन् । भारतबाट नेपाल प्रवेश गरेका दाड, सल्यान, रोल्पा लगायतका मजदुरहरुलाई लिएर नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी राती १२ बजेको समय मा विवरित दिशाबाट आएको ट्रकसँग ठोक्किएर दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १२ जनाको मृत्यु भएको र २१ जना घाइते भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए । घाइते सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका घाइतेको सूची
- १. दाङको धना गा.पा. ४ का ४५ बर्षिया मेघराज केसी
- २. रोल्पाको त्रिबेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
- ३. त्रिवेणी गा.पा. ७ का २० वर्षीय वीरेन्द्र परियार
- ४. त्रिवेणी गा.पाका १८ वर्षीय पुरन परियार
- ५. दाङको तु.उ.न.पा. का ३९ वर्षीय विष्णु गिरी
- ६. सल्यानको सारदा गा.पा. ६ का टीका चलाउने
- ७. दाङको राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
- ८. दाङको तु.उ.न.पा. २ का २३ वर्षीय रुपलाल केसी
- ९. रोल्पाको कुरैती गा.पा. २ का ५२ वर्षीय नर बिक
- १०. दाङको राजपुर गा.पा.२ का २१ वर्षीय जीवन घर्ती
- ११. रोल्पाको टुटु-८ का ४० वर्षीय दिल बिक
- १२. सल्यानको कुपिण्डेदह गा.पा का २० वर्षीय मिनराज बिक
- १३. सल्यानको सिद्धकुमाख गा.पा. ५ का तेज बुढाथोकी
- १४. सल्यानको १८ वर्षीय धन ब.बोहरा
- १५. सल्यानको सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
- १६. सल्यानको ५२ वर्षीय दिप बुढा
- १७. दाङका २० वर्षीय भरत थापा
- १८. सल्यानका शिव भण्डारी
- १९. सल्यानको सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बादी
- २०. सिद्धकुमाख गा.पा. ५ का १८ वर्षीय देवेन्द्र बुढाथोकी
- २१. सिद्धकुमाख गाउँपालिकाकै १७ वर्षीय ज्ञान ब. बोहरा


