Banijya News

कर्णालीमा दुई जना प्रहरी सहित ४३ जना कोरोना संक्रमित थपिए

1
1.0K Shares

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दुई जना प्रहरीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये जुम्लाका १९ र दैलेखका २४ जना छन् ।


जुम्लाको हिमा गाउँपालिका वडा नं. १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४, ५, र ६ का ९ जना पुरुष छन् । त्यस्तै दैलेखका २४ जना नयाँ संक्रमितमध्ये नारायण नगरपालिका वडा नं. २, ४, ५ र ९ का १७ पुरुष छन् । दुल्लु नगरपालिका वडा नं. ८ र १२ का ७ जना संक्रमित पुष्टि भएका छन् । तीमध्ये २ वर्षीय बालक र २ जना महिला रहेको प्रयोगशाला संयोजक पुनको भनाइ छ ।


यो सँगै कर्णालीमा संक्रमितको संख्या १ सय ६६ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार दैलेखमा मात्रै ७२ जनामा संक्रमण देखिएको छ । दैलेखमा एक युवाको कोरोनाका कारण मुत्यु भएको छ । त्यस्तै सुर्खेतमा २९ जनामा संक्रमण देखिएको छ भने सल्यानमा २५ जना संक्रमित छन् । मुगु, बाजुरा र बझाङमा एक एक जनामा संक्रमण देखिएको छ । यो सँगै कर्णालीका आठ जिल्लामा कोरोनाको संक्रमण भेटिएको छ ।

1

Scroll to Top