दाङमा थप नौजनामा कोरोना पोजिटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा आइतबार तुलसीपुर उपमहानगरपालिकाका पाँच, गढवा गाउँपालिकाका दुई, राप्ती गाउँपालिकामा एक र लमही नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो । दाङका संक्रमितहरु सबै भारतबाट भरखरै मात्र आएका थिए ।


