कर्णाली प्रदेशमा सोमबार फेरि नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका ३२ जनामध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जनामा रहेको कर्णली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलले जानकारी दिए ।


