Banijya News

लकडाउनमा जुवाको खालबाट उद्योगी, ब्यापारी पक्राउ

1
1.0K Shares

कमलादीको एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा नेपालका ख्यातिप्राप्त व्यापारीहरु पक्राउ परेका छन् । नेपाल प्रहरीले सोमबार राती कमलादीस्थित रिजेन्सी बुटिक होटल बाई गंगोरमा छापामारेर नाम चलेका ख्याति प्राप्त नेपालका ब्यापारी देखि उद्योगी पक्राउ गरेको हो । वृत्तका डीएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा गएको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो ।


पक्राउ पर्नेमा विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई रहेका छन् ।


अशोक अग्रवाल र विमल अउजा विशाल गु्रपका सञ्चालक हुन् । उनी नेपालका ख्यातिप्राप्त उद्योगी समेत हुन् । अशोककुमार अग्रवाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का सञ्चालक समेत हुन् । उनको नेपालका बित्तीय क्षेत्रमा समेत ठूलो लगानी छ । अग्रवाल गिनीका अवैतनिक वाणणिज्य दूत समेत हुन् ।


रामचन्द्र संघाई एनआइसी एशिया बैंकका सञ्चालक हुन् । संघाईलाई गएको बर्ष नेपाल सरकारको ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट विभूषित भएका थिए ।

जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई नगदसहित पक्राउ गरिएको प्रहरी जनाएको छ । “होटलभित्रको एउटा कोठालाई जुवा खेल्नका लागि प्रयोग गर्ने गरी बनाइएको रहेछ,” डीएसपी दाहालले भने । प्रहरी वृत्त दरबारमार्गका अनुसार होटलको एउटा विशेष कोठामा क्यासिनोमा प्रयोग हुने विभिन्न दरका चिप्सको प्रयोग गरेर जुवा खेलिरहेका थिए । रु.५० देखि १ हजारसम्मका १७९ चिप्स र रु.२ लाख ७७ हजार नगद समेत प्रहरीले बरामद गरेको छ ।

लकडाउनका समयमा पक्राउ परेका उनीहरूविरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाइने  प्रहरीले बताएको छ ।

1

Scroll to Top