सुनसरी धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका १८ जना संकमित कोरोनामुक्त भएर घर फर्किएका छन् । प्रतिष्ठानमा उपचाररत झापाका १७ जना पुरुष र सुनसरीकी १ महिलाले कोरोना जितेका र गएराति नै उनीहरको डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ।
दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि १८ जनालाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ। डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन्। निको हुनेमा एक जना धरानकै महिला हुन् भने १७ जना झापा कचनकवलका हुन् ।


