अध्यक्षविहीन रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । नयाँ अध्यक्षका लागि करिव एक दर्जन चलचित्रकर्मीले दरखास्त दिए पनि भुवन केसी, दयाराम दाहाल र राजेन्द्र थापाको नाम मन्त्रालयले सिफारिस गरेको छ ।
१० जनाको आवेदन परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सिफारिसमा परेका तीनमध्ये एक जनालाई यसै साता बस्ने मन्त्रीपरिषदको बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।
तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको गत वर्षको मंसिर २९ गते निधन भएपछि खाली भएको उक्त पदका लागि मन्त्रालयले आवेदन आह्वान गरेको थियो ।


