Banijya News

पीसीआर रिपोर्ट नभए लोकसेवाको अन्तर्वार्तामा सहभागी हुन नपाइने !

1
1.0K Shares

२० जेठ, काठमाडौं । 

पीसीआर रिपोर्ट नभए लोकसेवाको अन्तर्वार्तामा सहभागी हुन नपाइने भएको छ। मंगलबार सूचना सार्वजनिक गर्दै आयोगले अन्तर्वार्ताको सूचीमा रहेकाले कोरोना भाइरस (कोभिड–१९) परीक्षण गराएको पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने उल्लेख गरेको हो। 

सूचनामा उपत्यका बाहिरबाट आएका उम्मेदवार र लकडाउन अवधिमा काम विशेष परी उपत्यका बाहिर गएका उम्मेदवारका लागि मात्र यस्तो व्यवस्था लागू गरेको उसले स्पष्ट पारेको छ। 

सूचनामा उम्मेदवारले अन्तर्वार्ता अघि नै पीसीआर रिपोर्ट आयोगको अन्तवार्ता तथा सिफारिस शाखामा बुझाउनुपर्ने उल्लेख गरिएको छ।  

1

Scroll to Top