कोरोना भाइरस (कोभिड(१९)को संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको निधन भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो। मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो । स्वास्थ्य विग्रदै गर्दा उनलाई अस्पताल लगिएपनि बचाउन सकिएको थिएन ।
मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी (पीपीपी)को कराँची अध्यक्षसमेत थिए । उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए ।
पाकिस्तानमा कोरोनाका कारण हालसम्म ७६ हजार ३ सय ९८ जनामा संक्रमण देखिएको छ भने एक हजार ६ सय २१ जनाको ज्यान गएको छ । एजेन्सी


