Banijya News

४ महिनाको शिशुसहित थप १६ जनामा कोरोना संक्रमण

1
1.0K Shares

२१ जेठ

कर्णाली प्रदेशमा ४ महिनाको शिशुसहित थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा चार महिने शिशुसहित १३ जना नयाँ संक्रमित पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । यसअघि दैलेखका एक जना संक्रमितको मृत्यु भइसकेको छ।

1

Scroll to Top