Banijya News

स्वास्थ्य संकटकाल लगाउने तयारीमा सरकार, अव विरामीलाई ५ प्रकारमा बर्गिकरण गरेर उपचार गरिने

1
1.0K Shares

संक्रमितको संख्या प्रतिदिन बढदै जाँदा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकालको घोषणा गर्ने तयारीमा लागेको छ । मन्त्रालय संक्रमितको संख्या बढदै जाँदा उपचारका लागि स्वास्थ्यकर्मी, अस्पतालमा बेड, आइसोलेसन, भेन्टिलेटर, अक्सिजन नपुग्ने भएपछि स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारीमा पुगेको हो । मन्त्रालयले संक्रमितको संख्या बढे स्वास्थ्य संकटकाल घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरिसकेको छ ।


बुधबार मन्त्रालयमा बसेको बैठकले कोरोना संक्रमितको संख्या २ हजार माथि पुगेको उल्लेख गर्दै त्यस्तो अवस्थामा ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ आकर्षित हुने उल्लेख गर्दै स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रीपरिषदमा लैजाने निर्णय गरेको हो ।


स्वास्थ्य तथा जनसख्या मन्त्रालयको ‘कोभिड–१९ महामारीः स्वास्थ्य क्षेत्र आपत्कालीन योजना’ मा विश्वव्यापी प्रक्रियाअनुसार सक्र्रमितको सख्या र अवस्थाका आधारमा महामारीलाई स्तर निर्धारण गरिएको छ । उक्त योजनामा दुई हजारदेखि पाँच हजारसम्म सक्रमित पुगेपछि ‘लेभल–२’ मानिने र यस स्थितिमा ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा हुन सक्ने उल्लेख छ ।


हेल्थ इमर्जेन्सीमा सबै निजी अस्पताल र त्यहाँका जनशक्ति सरकारले चाहे अनुसार परिचालन गर्न सक्छ भने ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट समुदायमा कतिको संक्रमण फैलिएको छ भन्ने थाहा पाउन ‘मास स्क्रिनिङ’पनि गरिन्छ ।

‘लक्षणविहीन संक्रमतिलाई घर या क्वारेन्टाइनमै राख्ने र लक्षण भएका संक्रमितलाई मात्र अस्पतालमा उपचार गर्ने रणनीति पनि हेल्थ इमर्जेन्सीबाटै सुरु हुन्छ । यससम्बन्धी निर्देशिका बनिसकेको छ । त्यसअनुसार अब कसैको कोरोना परीक्षण नतिजा पोजेटिभ आएमा लक्षण नभएका ( एसिम्योयाटिक) हल्का (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) र नाजुक (क्रिटिकल) के हो भनेर यकिन गर्नुपर्छ ।


अब सबै संक्रमितका लागि अस्पतालमा बेड नपुग्ने भएकाले लक्षण नभएका र सामान्य लक्षण भएकालाई घरमै राख्ने सरकारको योजना छ । मन्त्रालयले संक्रमितको संख्या ५ हजार नाघेपछि सामान्य लक्षण देखिएकालाई घरमै राखिने गरि कार्यदिशा बनाएको छ ।


हाल नेपालमा सरकारी र निजी गरी २६ हजार ९३० अस्पताल, एक हजार ५९५ सघन उपचार कक्ष (आइसियु), आठ सय ४० भेन्टिलेटर, आइसियुसहितको अस्पताल १९४, कोरोना क्लिनिकसहितका अस्पताल १११ छन् । मन्त्रालयको उक्त योजनामा लेभल १ का १३, लेभल २ का लागि १२ र लेभल ३ का लागि ३ कोरोना अस्पताल रहेको जनाइएको छ । योजनामा लेभल २ सम्ममा मात्र विद्यमान स्वास्थ्य प्रणालीले धान्न सक्ने र लेभल ३ मा पुगेपछि अन्तर्राष्ट्रिय मानवीय सहयोग आवश्यक पर्ने उल्लेख छ ।

1

Scroll to Top