१२ असार, काठमाडौं ।
ठूलो परिणामको लागूऔषधसहित बागलुङमा वडा अध्यक्ष पक्राउ परेका छन्। बागलुङको निशिखोला गाउँपालिका ६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई एक क्विन्टल भन्दा धेरै लागुऔषध बिक्रीका लागि लैजादै गर्दा इलाका प्रहरी बुर्तिवाङले पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।


