असार २४, काठमाडौं ।
बुधबार सुनको मुल्य तोलामा ६०० रुपैयाँले वृद्धि भएको छ । छापावाल सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले बढेर ९१ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको भाउ पनि तोलाको ९१ हजार ६० रुपैयाँ निर्धारण भएको छ ।
मंगलबार छापावाल सुनको भाउ तोलामा ७ सयले बढेर ९० हजार ९ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९० हजार ४६० रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा ९५० रुपैयाँमा कारोबार भएको थियो।


