Banijya News

नेपाल एयरलाइन्सका एक पाइलटसहित ४ कर्मचारीमा कोरोना पुष्टि

1
1.1K Shares

असार २४, काठमाडौं ।
नेपाल एयरलाइनसका एक पाइलटसहित ४ कर्मचारीमा कोरोना पुष्टि भएको छ । बुधबार पाटन अस्पतालमा गरिएको परीक्षणमा पाइलट सहित चार जनालाई कोरोना संक्रमण पुष्टि भएको नेपाल वायुसेवा निगमले जनाएको छ ।


होटल सोल्टीको क्वारेन्टिनमा बसेका चारै जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सशस्त्र प्रहरी बलको बलम्बुस्थित युनिफाइड हस्पिटलको आइसोलेसनमा राखिएको छ ।


यसअघि पनि एयरलाइन्सका तीन जना पाइलटसहित नौ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएका सबै पाइलट तथा उडान कर्मचारी बलम्बुकै सशस्त्रको अस्पतालमा राखिएको छ ।

1

Scroll to Top