असार २६, काठमाडौं ।
अछाममा कोरोना संक्रमित महिलाले आइसोलेसनमैे स्वस्थ बच्चा जन्मिएकी छन् । जिल्ला अस्पताल अछामको आइसोलेसनमा कोरोनाको उपचारमा रहेकी मेल्लेख गाउँपालिका ४ कि २५ वर्षीय महिलाले बिहीबार राति छोरा जन्माएकी हुन् ।
बच्चाको जन्म नर्मल ढंगबाटै भएको र महिला र शिशुको स्वास्थ्य सामान्य रहेको जिल्ला अस्पताल अछामले जनाएको छ । श्रीमानसँगै भारतबाट फर्किएकी उनलाई कोरोना देखिएपछि असार ४ गते जिल्ला अस्पतालको आइसोलेसनमा ल्याइएको थियो। उनका श्रीमानमा समेत कोरोना संक्रमण रहेको छ । उनको पनि जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । शिशुमा कोरोना सङ्क्रमण भए नभएकोबारे जाँच्न केही दिनमा थ्रोट स्वाब परीक्षणका लागि पठाउने तयारी भएको अस्पतालको भनाइ छ । अछाममा अहिले सम्म ६ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेका छन् ।


