पछिल्लो २४ घण्टामा कर्णालीमा थप २७ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा ११ जना,
दैलेख अस्पतालमा गरिएको परीक्षणमा १० जना र प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले सुर्खेतका ११ जना, सल्यानका १० जना, जाजरकोट र दैलेखका २÷२ जना र डोल्पा, बाजुराका १÷१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका छन् ।


