नेपाल अटोमोवाइल एशोसियसन (नाडा) ले मौद्रिक नीति प्रती असन्तुष्टि ब्यक्त गरेको छ । आज ल्याईएको मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रबाट प्रस्तुत सुझावबारे कुनै सम्बोधन गर्न नसकेपछि नाडाले असन्तुष्टि जनाएको हो ।
अटो लोनलाई जोखिमयुक्त वस्तुको रूपमा वर्गीकरण गरी मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा दिने नीतिलाई निरन्तरता दिएकोमा नाडाको अस्तुष्टि रहेको छ । निजी प्रयोजनका सवारी साधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुनर्विचार गर्न नाडाले माग गरेको छ । नाडाले कर्जाको सीमा बढाएर ९० प्रतिशत पु¥याउनुपर्ने सुझाव पेस गर्ने भएको छ ।
झण्डै ३ महिना लामो पूर्ण बन्दाबन्दी र हालको आंशिक बन्दाबन्दीको कारण झण्डै धरासायीको अवस्थामा पुगेको अटोमोबाइल व्यवसायको उत्थानका लागि नाडाबाट प्रस्तुत सुझावप्रति पुनर्विचार गर्न नाडा अध्यक्ष कृष्ण दुलालले माग गरेका छन् ।


