Banijya News

नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि

1
1.1K Shares

नेपालमा कोरोना भाइरसबाट थप ५७ जना संक्रमित भएका छन्। गत २४ घण्टामा २७ वटा प्रयोगशालामा ३ हजार ३ सय ३१ जनाको परीक्षण गर्दा ५७ जनामा संक्रमण देखिएको हो। देशभर  ५ हजार ८ सय २५ जना एक्टिभ केस रहेको छ। 

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

योसँगै कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ पुगेको छ। कोरोनाका कारण नेपालमा अहिलेसम्म ४० जनाको मृत्यु भइसकेको छ।

1

Scroll to Top