प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार गएराति भएको दुर्घटनामा स्वर्गद्वारी नगरपाकिा(३ रुमालेमा लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । मृत्यु हुने सबै रोल्पाका रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
ट्याक्टर सडकबाट अन्दाजी ५ सय मिटर तल छ । अहिले नेपाली सेना र नेपाल प्रहरीबाट उद्दार कार्य भइरहेको छ ।


