नेपालमा पछिल्ले २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप १५६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए । यससँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।
यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या ११ हजार ६ सय ९५ पुगेको छ । मन्त्रालयका अनुसार हाल २२ हजार ६ सय ६२ जना क्वारेन्टिनमा रहेका छन् । देशभरका २७ वटा प्रयाेगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४१ जनाको पीसीआर परीक्षण गरिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।


