शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले स्थगन गरेका सिकाई सहजीकरण कार्यहरुलाई निरन्तरता दिन सम्बद्ध सबैलाई निर्देशन दिएको छ । हालै सार्वजनिक भएको मौद्रिक नीतिले निजी शिक्षण संस्थालगायत व्यवसायीको माग सम्बोधन गरेको भन्दै मन्त्रालयले अनलाइन कक्षा संचालन गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले असार १ गतेदेखि सञ्चालनमा ल्याइएको वैकल्पिक शिक्षण प्रणालीबारे केही समस्या भए स्थानीय तहसँग समन्वय गर्न पनि भनेको छ । देशभरका शैक्षिक संस्थाहरुले दूरशिक्षा अन्तर्गत टेलिभिजन, रेडियो वा अनलाइनबाट विद्यार्थीहरुलाई पठन पाठन गराइरहेका छन् तर निजी शैक्षिक संस्थाहरुले सञ्चालन गरिहेको अनलाइन कक्षा अहिले बन्द गरेका छन् । बन्द गरेपछि खुलाउँनको लागि निर्देशन दिएको हो ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा निजी लगानीका विद्यालयमा उत्पन्न समस्याका विषयमा मन्त्रालयले सरोकारवाला पक्षसंग गरेको छलफलका क्रममा प्राप्त सुझावका आधारमा निरुपणका लागि प्रयत्नरत गरिरहेको बताएको छ ।


