काठमाडौँः बैंकिङ कसुरमा उच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएका सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक मधुसुदन सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । जनता बैकसँग मर्ज भइसकेको सिद्धार्थ बैंक जनताबाट पनि ग्लोवल आइएमीमा बिलय भैसेको छ ।
यसअघि २०७० सालको असार ४ गते पक्राउ परेका सिलवाल उच्च अदालत पाटनको आदेशमा ३० लाख रुपैयाँ धरौटीमा छुटेका थिए । तारेखमा रहेका सिलवालले म्याद गुजारेपछि २०७३ असोज ४ गते २ वर्ष कैद र ३० लाख रुपैयाँ धरौटी जफत हुने फैसला गरेको थियो ।


