श्रावाण ५, काठमाडौं ।
दार्चुलामा आइतबार राती गएको पहिरोमा पुरिएर आमा छोरीको एक चिहान भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका ६ की ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकै ६ वर्षीया छोरी आरती ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
अविरल वर्षाका कारण पहिरोले घर पुरिएको थियो । पहिरोले घर पुरिदा पहिरोमा परि बेपत्ता भएका उनिहरु मृत फेला परेका हुन् । पहिरोमा परी चारजना घाइते भएका छन् । त्यस्तै पहिरोले एउटा विद्यालय भवन र चार घर बगाएको छ ।


