Banijya News

आज देखि लकडाउनको अन्त्य, यी मापदण्ड नमाने कारवाही

1
1.0K Shares

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको अन्त्य गरेको छ । साउन ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो । यद्यपि लकडाउनको व्यवस्था अन्त्य भएपनि कोरोना संक्रमण जोखिम अन्त्य नभएकाले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी व्यवस्था यथावत् रहनेछ ।


सरकारले चैत ११ देखि शुरु गरेको बन्दाबन्दी साउन ६ गते मध्यरातसम्म जारी गरेको थियो । १२० दिन लामो बन्दाबन्दी अन्त्य भएको घोषणा गरिए पनि अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट हुने आवागमनमा सरकारले लगाउँदै आएको रोकलाई साउन ३२ गतेसम्म विस्तार गरिएको छ ।


लकडाउन अन्त्य भएसंगै निजी सवारी साधनमा लागू भएको जोर–बिजोर प्रणाली अन्त्य हुनेछ भने कार्यालयहरु नियमित रुपमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्नेछन् । सरकारले लकडाउन खुोलेपनि साउन पन्द गते सम्म होटल रेस्टुरेन्ट खुल्ने छैनन् । साउन १५ पछि मात्र ट्रकिङ व्यवसाय खुल्ने भएका छन् । तर रेस्टुरेन्टहरुमा पार्टी र जमघट भने गर्न नपाइने सरकारले निर्णय गरेको छ ।

यस्तै, विद्यालय तथा कलेजमा हुने नियमित पठन–पाठन, समूहमा हुने खेलकुदका गतिविधि, सिनेमाहल, जीम हल, सैलुन, पुस्तकालय, धार्मिक स्थल लगायतका क्षेत्रहरु पनि बन्द नै रहनेछन् ।
यसैगरी भदौ १ गतेदेखि लामो, मध्यम तथा छोटो दुरीका सवारी साधनहरु, आन्तरिक तथा बाह्य उडान, खेलकुदका नियमित प्रशिक्षण तथा विद्यालय तथा कलेजका भर्ना, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका गतिविधिहरु स्वास्थ्य सुरक्षा सजगता अपनाएर सञ्चालन गर्ने पाईने छ ।

1

Scroll to Top