श्रावण ७, काठमाडौं ।
एनआईसी एशिया बैंक र कर्मचारी सञ्चय कोषबीच समझदारी भएको छ । कर्मचारी सञ्चयकोषबाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कोषमा मुख्य प्रबन्धक अर्जुन कुमार गौतमले मंगलवार हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना सेवाहरू डिजिटल माध्यममा लैजाने क्रमलाई निरन्तरता दिँदै कोषसँग समझदारी गरेको बताएको छ । बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिइरहेका ऋणीलाई यस्तो सुविधा उपलब्ध गराउन लागेको हो ।
समझदारी अनुसार जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता सञ्चालन गरेका कर्मचारी सञ्चय कोषका ऋणीहरूले नेपाल क्लियरिङ हाउसको वेबसाइट लगइन गरी भुक्तानी गर्न सक्ने छन् । यसबाट नगद रकम तथा चेक बोकी बैंकको शाखा जानुपर्ने बाध्यताबाट मुक्त भइने बैंकको विश्वास छ ।
यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू रहेका छन् । त्यस्तै यो बंैक ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।


