Banijya News

हजारको नयाँ नोटमा जुम्ल्याहा हात्ती , २६ अर्ब बराबरको एक हजारको नोट चलन चल्तिमा

1
1.0K Shares

श्रावण ७, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट ७ गते देखि चलन चल्तिमा ल्याएको छ । नयाँ नोटमा चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आज चलन चल्तिमा ल्याईएका नयाँ नोटहरुमा अन्य विशेषता यथावत रहेक छ । पहिले एक हजारको नोटमा एउटा मात्रै हात्ति हुने गरेकोमा अब जुम्ल्याहा हात्ती नयाँ नोटमा रहेका छन् । नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ ।

तत्कालीन गभर्नर डा. चिरञ्जीवि नेपालकै पालामा यो नोट छपाईको कार्य भएकाले नयाँ नोटमा पनि नेपालको हस्ताक्षर छ । राष्ट्र बैंकका अनुसार हात्तीको चित्र भने वन तथा वातावरण मन्त्रालय माताहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपलब्ध गराएको हो ।

1

Scroll to Top