Banijya News

लकडाउन अन्त्य भएसँगै मापसे जाँच आजदेखि पुनः सुरु, ट्राफिक नियमविरुद्ध चल्नेलाई जरिवाना

1
1.0K Shares

७ साउन, काठमाडौं ।

महामारीका कारण चैत ७ बाट रोकिएको मापसे जाँच आजदेखि पुनः सुरु भएको छ । आज बुधबारबाटै नियमित रुपमा मापसे जाँच पुनः सुरु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी  दिएका छन् ।

तत्कालका लागि प्राथमिकतामा लेन अनुसाशन रहेको भए पनि शंका लागेका व्यक्तिको मापसे जाँच हुने उनले बताए। उनका अनुसार ट्राफिक नियमविरुद्ध चल्नेलाई जरिवाना लाग्‍नेछ ।

तत्कालका लागि ब्रेथलाइजर प्रयोग नगरी मेडिकल जाँच गरिने र त्यसको रकम सम्बन्धित व्यक्तिले नै तिर्नु पर्ने एसएसपी ढकालले जानकारी दिए।

त्यस्तै, सार्वजनिक सवारीमा ५० प्रतिशत बढी यात्रु राखेको पाइए तत्काल कारबाही गर्ने एसएसपी ढकालले जानकारी दिए।

प्रहरीको आँखा छलेर यात्रु कोचेको देखिए, सामाजिक दूरी कायम भएको नपाइए तत्काल ट्राफिक प्रहरी वा नजिकको प्रहरी युनिटमा खबर गर्न पनि महाशाखाले आग्रह गरेको छ । उपत्यकामा दैनिक १५२ स्थानमा ट्राफिक प्रहरीले ड्युटी गर्दै आएको छ भने ४६ स्थानमा संयुक्त चेकिङ हुँदै आएको छ ।

1

Scroll to Top