Banijya News

लमजुङको पल्लोटारीमा पहिरोले १८ घर पुरिए, ४ जना घाइते

1
1.0K Shares

श्रावण ७, काठमाडौं ।
बुधवार बिहान गएको पहिरोले लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं ३ स्थित पल्लोटारीका १८ घर पुरिएका छन् । जम्मा ७४ घर रहेको उक्त गाउँका सबै घरमा पहिरोले क्षति पु¥याएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

लगातारको पानीले गाउँमाथि डाँडाबाटा खस्दा १८ घर पुरिएसंगै ४ जना घाईते भएका छन् । पहिरोले पुरिएका घरका सामान झिक्ने क्रममा माथिबाट पहिरो झर्न थालेपछि भाग्ने क्रममा स्थानीय घाइते भएका थिए । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै पहिरो खस्दा पहिरोमा परि १८ घरका सयौं पशुचौपाया पुरिएका छन् । अहिले घर पुरिएका स्थानीयलाई उद्धार गरी नजिकैको स्कुलमा राखिएको छ । बिहान पहिरो गएकाले स्थानीयहरु सुरक्षित स्थानमा भाग्न सफल भएकाले ठुलो मानवीय क्षति नभएको स्थानीयको भनाई रहेको छ ।

1

Scroll to Top