श्रावण ७, काठमाडौं ।
अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अभिनिय चलचित्र ‘प्रसाद’ को सिक्वेल बन्ने भएको छ । निर्देशक दिनेश राउतले निर्देहन गरेको चलचित्र ‘प्रसाद’ सफल भएपछि निर्देशन सौरभ चौधरीले ‘प्रसाद’ को सिक्वेलको रुपमा ‘प्रसाद २’ बनाउन लागेका हुन् ।
जसको निर्माता सुवास थापा रहेका छन् । ‘प्रसाद २’ अहिले लेखन अन्तिम चरणमा रहेको छ । पहिलो सिक्वेलका लेखक सुशील पौडेलले नै यसलाई लेखिरका छन् । चलचित्र ’प्रसाद’ मा विपिन कार्की र नम्रता श्रेष्ठको अभिनय दर्शकले धेरै नै रुचाएका थिए ।
परिवारिक कथा बोकेको फिल्ममा नि:सन्तानका कारण पति-पत्नीबीच आउने असमझदारीलाई देखाउन खोजिएको उक्त चलचित्रमा विपिन, नम्रता संगै निश्चल बस्नेतको मुख्य भूमिका रहेको थियो । ‘प्रसाद’ को सिक्वेलमा लेखन सकिएपछि कथाको चरित्र अनुसार पात्र चयन गरिने निर्माण पक्षको भनाइ रहेको छ । चलचित्र ’प्रसाद २’ दसैँपछि फ्लोरमा जाने बताइएको छ ।


