Banijya News

प्रभाससँग नयाँ फिल्मका लागि अनुबन्धित भएकि दीपिकालाई २० करोड पारिश्रमिक दिईने

1
1.0K Shares

श्रावण ७, काठमाडौं ।
प्रभाससँग नयाँ फिल्मका लागि अनुबन्धीत भएकि दीपिका पादुकोण लाई २० करोड पारिश्रमिक दिईने भएको छ । प्रभास संग नया चलचित्रमा अनुबन्ध भएलगत्तै दीपिका पादुकोण बलिउडका अभिनेत्रीहरूमा सबैभन्दा पारिश्रमिक लिने नाईका बनेकी छिन् ।

साउथका सुपरस्टार नायक प्रभास र बलिउड अभिनेत्री दीपिका पादुकोण तेलुगु भाषाको चलचित्रमा एकसाथ देखिने भएका हुन् । दीपिका आफ्नो फिल्ममा मुख्य नायक बराबरको पारिश्रमिक लिने गर्छिन् । तर यो फिल्मका मुख्य नायक प्रभासको पारिश्रमिक ५० करोड रहेको छ । केही दिन अगाडि घोषणा भएको यो चलचित्रमा उनले २० करोड पारिश्रमिक पाउने भारतीय सञ्चारमामध्यमहरूले जनाएका छन् ।

फिल्ममा नायिकाको भूमिका प्रभासको भूमिकाभन्दा कम महत्वको भएकाले स्टारडम र पारिश्रमिक अनुसार दीपिकाको लागि यो चलचित्रको रोल नै परिवर्तन गरिएको छ । दीपिका प्रभाससँग काम गर्ने दोस्रो बलिउड अभिनेत्री बनेकी छन् । निर्देशक नाग अश्विनको साइन्स फिक्सन फिल्म तेस्रो विश्वयुद्धको कहानीमा आधारित हुन सक्ने अनुमान गरिएको छ ।

1

Scroll to Top