Banijya News

पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण, सङ्क्रमितको संख्या १८ हजार ९४ पुग्यो

1
1.0K Shares

श्रावण ७, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७७९ जनामा गरिएको पीसीआर नमुना परीक्षणमा १०० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संगै कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

अहिलेसम्म सङ्क्रमण भएकामध्ये १२ हजार ६ सय ८४ जना उपचारपछि निको भएका छन् । बुधबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर २० हजार आठ सय ४२ जना क्वरेण्टीनमा रहेका छन् ।

1

Scroll to Top