Banijya News

राजविराजमा समुदायस्तरमा कोरोना संक्रमण, नगरपालिकाद्धारा लकडाउन घोषणा

1
1.0K Shares

सप्तरीको राजविराजमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । भारतमा उपचार गरेर फर्किएका एकबृद्धको मृत्यु भएको र उनैबाट समुदायमा कोरोना संक्रमण भएको हो ।
उनको मृत्युपछि परिवारको सम्पर्कमा रहेका राजविराजका बासिन्दामा तीब्र रुपमा संक्रमण फैलिन थालेपछि संक्रमण समुदाय स्तरमा फैलिएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो पटक राजविराज नगरपालिकामा बुधबार मात्र १३ जना नयाँ संक्रमित थपिएका छन् । राजविराज नगरपालिका–७ मा ४ महिला र १ पुरुष, वडा नम्बर–६ का २ महिला र २ पुरुष, वडा नम्बर–३ का ३ पुरुष र वडा नम्बर–१ का १ पुरुष मा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

बुधबार राजविराजमा थपिएका १३ मध्ये अधिकांश कोरोना संक्रमणबाट मृत्यु भएका परिवारको कन्ट्याक्टमा रहेका छन् । संक्रमित मध्ये दुई जना गजेन्द्रनारायण सिंह अस्पतालका कर्मचारी छन् । एकजना नर्स र अर्को स्वीपर रहेको अस्पतालले बताएको छ ।

नयाँ थपिएका १३ सहित राजविराजमा बुधबार दिउँसोसम्म कोरोनावाट संक्रमितको संख्या ४८ पुगेको राजविराज नगरप्रमुख शम्भुप्रसाद यादवले बताउनुभयो । यसैगरी, आजमात्र जिल्लाको अग्नीसाइर कृष्णा सवरण गाउँपालिकामा पनि एकजना संक्रमित थपिएका छन् ।


राजविराजमा अप्रत्यासित रुपमा संक्रमितको संख्या बढेपछि राजविराज नगरपालिकाले आजदेखि नगरपालिका क्षेत्र भित्र पूर्ण रुपमा लकडाउन आह्वान गरेको छ । कोरोना संक्रमण समुदायमा बढ्न थालेपछि पूर्ण रुपमा लकडाउन गरिएको छ ।

नगरपालिकाको लकडाउनका कारण आज राजविराजका मुख्य बजारमा पसलहरु खुलेका छैनन् । यद्यपि, सडकमा चहलपहल भने कायमै छ । राजविराज नगरपालिकाद्वारा लगाईएको लकडाउन पालना गराउन स्थानीय प्रसासनले भने असहयोग गरेका छन् । लकडाउन पालना गराउन आज बिहानदेखि राजविराजका सडकमा प्रहरी निस्किएका छैनन् । यद्यपि, नगरपालिकाको अनुरोधलाई स्वीकार्दै ब्यापारीहरुले आफै बजार पसल बन्द गरेका छन् ।

1

Scroll to Top